आज संविधान दिवस मनाइँदै

विराटनगर ३ असोज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस । विविध कार्यक्रमको आयोजना गरी मुलुकभर संविधान दिवस मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने […]

एमाले अध्यक्ष ओली सैनिक ब्यारेकबाट फिर्ता

विराटनगर २ असोज । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किनु भएको छ । जेनजी प्रदर्शनका क्रममा उहाँलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आउनु भएको हो । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सर्नुभएको […]

कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय : ५ लाख सम्मका योजना कार्यान्वयन नगरिने

विराटनगर २ असोज । कोशी प्रदेश सरकारले पाँच लाख रुपैयाँसम्मका सबै योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । जेनजी आन्दोलन पछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता […]

बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ मा

विराटनगर ३१ भदौ । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ […]

एमाले मोरङले शुरु गर्यो कार्यकर्ता भेटघाट

विराटनगर ३१ असोज । नेकपा एमाले मोरङले जेनजीको आन्दोलन पछि पहिलो पटक सार्वजनिक रुपमा कार्यकर्ता भेलाको कार्यक्रम गरेको छ । जेनजीको आन्दोलनपछि कार्यकर्तामा बढेको निरासालाई शक्तिमा बदल्ने उद्देश्यले कार्यकर्ता भेला आयोजना गरिएको एमाले मोरङले जनाएको छ । नेताहरुलाई अलग्गै मञ्चमा नराखी कार्यकर्ताको आमनेसामने राखेर कार्यकर्ताको सुझाव लिएर नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा एमालेका स्थायी […]