शिक्षादीप कलेज विराटनगरका विद्यार्थीद्धारा रोबर्ट, विभिन्न एप र मार्केटिङ प्रविधिका ८ वटा मोडलहरु तयार

विराटनगर २७ मंसिर । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले रोबर्ट, विभिन्न एप र मार्केटिङ प्रविधिका ८ वटा मोडलहरु तयार गरि प्रर्दशनी गरेका छन् ।

कार्यशालाको अन्तिम दिन आज विद्यार्थीले प्रर्दशनी गरेका हुन् । कार्यशाला समापन कार्यक्रममा प्रिन्सीपल ज्ञानबहादुर खड्काले टेक्सपायर कलेज, कोडहिमालय र पीसीपीएससँग सहकार्य गरेर आईटीको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

शिक्षादीपका विद्यार्थी लगनशिलताले गुगलको सिईयो बन्न सक्ने लक्षण देखिएको उहाँले बताउनुभयो । शिक्षादीप मेडिकल र इन्जिनियरिङमा मात्रै नभएर आईटीमा पनि अब्बल बन्ने दावी गर्नु भयो । नेपालमा विदेशी मुद्रा आर्जन गर्ने रेमिटान्स पछिको दोश्रो व्यवसाय भनेको आईटी भएको प्रिन्सीपल खड्काले बताउनुभयो ।

१३ दिने कार्यशालामा विद्यार्थीहरुले मुख्यतया पाँच वटा इनोभेन्चर इभेन्टहरुमा काम गरेको कलेजका सञ्चालक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुशार विद्यार्थीले आगन्तुकहरुलाई मिठोे बोलेर, शिर झुकाएर, श्रद्धापूर्वक स्वागत गर्ने ३ वटा रोबर्ट तयार गरि प्रर्दशनी गरेका थिए ।

विद्यार्थीले सवारी साधन सञ्चालनका क्रममा देखिने अवरोधहरूबाट बच्न सकिने रोबर्ट कार्यशालामा तयार गरेका छन् । यसले बाटामा अघि बढ्दै जाँदा केही अवरोधहरु आए छलिने, तर्किने र केही समय रोकिएर अघि बढ्ने छ । सवारी साधनहरुमा यो धेरै उपयोगी हुने विद्यार्थीहरुले बताएका छन् ।

कार्यशालामा एन्टि बङ्किङ एप, एआई भ्वाइस सहायक, अनुहार पहिचान उपस्थिति ट्रयाकर तयार गरिएको छ । एन्टि बङ्किङ एप जसले कुन विद्यार्थीले कुन क्लास बंक गरेको छ । त्यो सजिलै पत्ता लगाउन सकिन्छ । एन्टि बङ्किङ एपबारे विद्यार्थीको ब्रिफिङ सुनिसकेपछि प्रिन्सीपल ज्ञानबहादुर खड्काले यसलाई कलेजले चाँडै प्रयोगमा ल्याउने बताउनुभयो ।

विद्यार्थीले एआई भ्वाइस सहायक तयार गरेका छन् । यसबाट जुनसुकै भाषा प्रयोग गरेरपनि अडियोलाई टेक्स्टमा रुपान्तरण गर्न सकिन्छ । त्यसैगरि अनुहार पहिचान उपस्थिति ट्रयाकरले अनुहार हरेर वर्णन गर्छ ।

कार्यशालनामा बाणिज्य शास्त्र संकायका विद्यार्थीले मार्केटिङ प्रविधिका आठ वटा मोडलहरु तयार गरि प्रस्तुती गरेका थिए । मार्केटिङ प्रविधिका माध्यमबाट कसरी आफ्नो बिजनेशलाई डिजिटलमाध्यबाट फैलाउने भन्नेमा सहयोग गर्ने प्रस्तुतीका क्रममा विद्यार्थीहरुले बताएका छन् ।

आफ्नो उत्पादनलाई भौतिक रुपमा बजारमा पुर्याउनु अघि मार्केटिङ गर्ने प्रविधि हो । यस अन्तर्गत पानी व्यवस्थापन, म्याच एण्ड मुभ, हाम्रो क्लिन, तरकारी मार्केटिङ, ट्युटर एप, अनलाइन यातायात बुकिङ (हाम्रो साधन), एग्रो कनेक्ट मोडलहरु तयार गरि विद्यार्थीले प्रस्तुती गरेका थिए ।

विद्यार्थीहरुलाई कोड हिमालयका आशिष प्रसाइ, पीसीपीएस कलेजकी कृपा श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको थियो ।

कार्यशालामा कम्प्युटर र विज्ञान संकायका ६ सय २०, व्यवस्थापन संकायका १ सय ३४ गरि ७५४ जना विद्यार्थी सहभागी थिए । उनीहरुलाई २७ वटा समूहमा विभाजन गरी प्रशिक्षण गरिएको थियो । उनीहरुको इन्नोभेन्चरलाई मूल्यांकन गरी जम्मा सात वटा टिममा पर्ने गरी ३५ जनालाई छनौट गरिएको थियो ।

विज्ञान संकायका करिब ६०० विद्यार्थी सहभागी भएका थिए जसमध्ये आठ वटा समूहमा करिब ५० विद्यार्थी छनौट गरिएको थियो । विद्यार्थीहरुले आफैँ तीन फरक किसिमको एप विकास गरेका छन् । उनीहरुले एन्टि बङ्किङ एप जस्ता उपयोगी एपहरु बनाएका थिए ।

कार्यशाला समापन कार्यक्रममा प्रिन्सीपल खड्का, चिफ डाईरेक्टरहरु रमेशकुमार मण्डर, शैलेन्द्र शिवाकोटी, म्यानेजमेन्ट संकायका कोअर्डिनेटर शंकर भट्टराई, निर्देशकहरु अनिलकुमार दास, भूपेन्द्र दाहाल, मणिराज भट्टराई, शेषनारायण चौधरी, विमल श्रीवास्तव, टेकेन्द्र क्षेत्री लगायतको सहभागिता रहेको थियो ।