विराटनगर ३० फागुन । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ । आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो ।
क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको उहाँले बताउनुभयो । एमालेले समानुपातिकबाट १६ सीट जितेको छ । एमालेबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, गुरुप्रसाद बराल, पुष्पराज कंडेल, कृपाराम राणा, विष्णुमाया वी.के., नीता घटानी, रिङ्ला यादव, यशोधाकुमारी यादव, चन्द्रेश्वर मण्डल, साजिदा सिद्दीकी नाम एमालेले निर्वाचन आयोगमा पठाउने सचिव भट्टले बताउनुभयो ।
यसैवीच श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ ।
श्रम संस्कृतिले मन्दिरा मोक्तान, अम्बिका सङ्ग्रौला, राधिका रम्तेल र पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लागेको जनाएको छ ।