एमाले महाधिवेशन प्रतिनिधिमा मोरङबाट पोखरेल र कार्की मनोनित

विराटनगर २७ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट २ जनालाई मनोनित गरिएको छ ।

शुक्रबार साँझ बसेको सचिवालय बैठकले विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की र नेता नरेश पोखरेललाई मनोनित गरेको हो ।

कार्की अनेमसंघ र पोखरेल केन्द्रीय सल्लाहकार कमिटीको क्लष्टरबाट मनोनितमा परेका हुन ।

सचिवालय बैठकले १०८ जना मनोनित गरेकोमा मोरङबाट २ जना परेका हुन । मनोनितहरुको नामावली केहीवेर अघि सार्वजनिक गरिएको हो ।

एमाले महाधिवेशन आज देखि शुरु हुँदैछ । महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा हुँदैछ । बन्दशत्र भोलिदेखि भृकुटीमण्डपमा हुनेछ ।