लेखापढी एशोसिएसन विराटनगरको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित

विराटनगर ४ असोज । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः निर्वाचित हुनु भएको छ । बुढीगंगा गाउँपालिकामा घर भएका न्यौपाने एशोसिएसनको लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । शुक्रबार सम्पन्न भएको निर्वाचनमा न्यौपानेको प्यानल नै निर्वाचित भएको हो । न्यौपाने २२० मतका साथ अध्यक्षमा विजयी हुनु […]

जेनजी आन्दोलनमा विभिन्न क्षेत्रका ६२९ भवन पूर्ण क्षति

विराटनगर ४ असोज । जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ । आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति भएको नेपाल प्रहरीले प्रारम्भिक विवरण […]

संविधान दिवसको अवसरमा पत्रकार महासंघ कोशीद्धारा दीप प्रज्वलन

विराटनगर ३ असोज । संविधान दिवस २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले दीपप्रज्वलन कार्यक्रम गरेको छ । महासंघ कोशी प्रदेशको प्राङ्गणमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश महासंघका पदाधिकारीहरु, मोरङ महासंघका पदाधिकारी तथा सदस्यहरु, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्चका प्रदेश तथा जिल्ला संगठनका […]

पार्टी नेतृत्वले कमी कमजोरी सच्याउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिमा विभिन्न समस्यालाई चिर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ । नेकपा (एमाले ) विराटनगर महानगर कमिटीले बिहीबार विराटनगरमा आयोजना गरेको महानगर भेलामा उहाँले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले जेनजीले […]

संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गरौं : राष्ट्रपति पौडेल

विराटनगर ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आह्वान गर्नुभएको छ । जनताको सङ्घर्ष र बलिदानको फलस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको भन्दै यसका प्रबन्धलाई व्यवहारमा रूपान्तरणका लागि आह्वान गर्नुभएको हो । संविधान दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उहाँले २०७२ असोज ३ गते जारी भएको संविधान […]