विराटनगर २८ मंसिर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्याय (ढुङ्गेल) को निधन भएको छ । मुखको क्यान्सरबाट पीडित उहाँको ह्याम्स अस्पताल काठमाडौंमा गएराती निधन भएको हो ।
पूर्व शिक्षा तथा खेलकुद मन्त्री समेत रहनु भएका उपाध्याय तत्कालिन मोरङ क्षेत्र नम्बर–१ (हाल २) बाट दुई पटक २०५६ उपनिर्वाचन र २०६४ को पहिलो संविधानसभामा निर्वाचित हुनुभएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य उपाध्याय साधारण जीवनशैलीका कारण सक्रिय राजनीतिमा हुँदा उहाँ कार्यकर्तामाझ लोकप्रिय रहनु भएको उहाँ निकट पत्रकार कुमोद अधिकारीले बताउनुभयो ।
मोरङको आमगाछीका बासिन्दा उपाध्याय गिरीजाप्रसाद कोइरालाका विश्वासपात्र पनि रहनु भएको थियो ।
भारतबाट राजनीतिशास्त्रका स्नातक उपाध्याय दुई छोरा र एक छोरी छन् । उपाध्यायकी श्रीमतीको यसअघि नै निधन भएको थियो ।