विराटनगर ६ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षाेल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा […]
विराटनगर ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नु भएको छ । उहाँले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति […]
विराटनगर ५ असोज । निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत संशोधन गर्ने सम्भावना छ । निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा […]
विराटनगर ५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिनुभएको छ । डा. मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको स्रोतले जानकारी दिएको छ । सचिव बढुवाका विषयमा असन्तुष्ट जनाउँदै ६ महिनादेखि बिदामा रहनु भएको उहाँ जेनजी आन्दोलनपछि उत्पन्न भएको अवस्थापछि मन्त्रालयमा हाजिर हुनु भएको थियो । तर […]
विराटनगर ५ असोज । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिकालाई पहिलाकै अवस्थामा पुनः सञ्चालनका लागि तीव्र रुपमा कार्य भइरहेको छ । महानगरले जलेका सबै कोठाको सरसफाई गरिसकेको छ । अत्यावश्यक सहित आंशिक रुपमा सबै सेवाहरु सुचारु गरेको छ । आगजनीबाट जलेको भवनलाई पुनः सञ्चालनमाल्याउन सकिने नसकिने विषयमामहानगरले विज्ञ प्राविधिक टोलीबोलाएर अवलोकन गराएको छ । […]