विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा काँग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकाँ सभापति शेरबहादुर देउवा वीच छलफल भइरहेको जानकारी दिनु भयो । नेता कोइरलाले भन्नु भयो, ‘आफ्नो कारणले […]
विराटनगर, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि आफ्ना भूमिका गम्भीर रुपले जनतामाझ राख्ने बताउनुभएको छ । सो पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन पछि उपस्थित पत्रकारलाई सो कुरा उहाँले बताउनुभएको हो । अध्यक्ष दाहालले पार्टीका स्थापित एजेण्डालाई जनता समक्ष लैजान […]
विराटनगर २० साउन । नागरिक संरक्षण एकता मञ्च (नेपाल) ले १० बुँदे माग संवोधनका लागि मेची महाकाली अभियानको शुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै मञ्चले झापादेखि अभियानको शुरुवात भएको जनाएको हो । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै १० बुँदे माग अविलम्ब संवोधन हुनु पर्ने मञ्चले जनाएको छ । मञ्चका केन्द्रीय […]
विराटनगर १६ साउन । प्रदेश सरकार फेरबदलसंगै जनमुखी कार्यक्रमहरु कटौति गरिएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले असन्तुष्टि ब्यक्त गर्नुभएको छ । आज पत्रकार सम्मेलन मार्फत पूर्वमुख्यमन्त्री कार्कीले वर्तमान सरकारले कार्यकर्तामूखी योजनालाई प्राथमिकतामा राख्दै जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु रोकर अन्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिलेको सरकारले कार्यकर्तामूखी योजनालाई जोडदिँदै २५ हजार रुपैया बजेटसम्मको […]
विराटनगर १५ साउन । सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । […]