एमाले केन्द्रीय सदस्यमा मोरङबाट ७ जनाद्धारा ‘डेब्यु’ को तयारी

विराटनगर २९ मंसिर । नेकपा एमाले केन्द्रीय सदस्यमा मोरङबाट ७ जनाले डेब्युको तयारी गरेका छन् । काठमाण्डौंको भृकुटीमण्डपमा जारी ११ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु गरेको छ । आज उम्मेदवारको मनोनयन हुँदैछ ।

मोरङबाट केन्द्रीय सदस्यमा नरेश पोखरेल, ऋषिकेश पोखरेल, सत्यनारायण चौधरी, पर्शुराम वस्नेत, शान्ति लिम्वु, विमला दाहाल घिमिरे, खेम नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
नरेश पोखरेल एमाले मोरङका पुराना नेता तथा जिसस मोरङका पूर्व प्रमुख हुनहुुन्छ । ऋषिकेश पोखरेल मोरङका पूर्व अध्यक्ष तथा मोरङ २ का निवर्तमान सांसद हुनुहुन्छ ।
चौधरी, वस्नेत, घिमिरे, नेपाली कोशी प्रदेश कमिटीका सचिवालय सदस्य हुनुहुन्छ ।

मोरङबाट यसअघि केन्द्रीय सदस्य हुनुभएका जीवन घिमिरे, युवराज बास्कोटा, रामलाल साह, मोति दुगड सोही पदमा दोहोरिने हुनु भएको छ । लिम्वु मोरङ जिल्ला उपाध्यक्षमा पराजित हुनु भएको  थियो ।

केन्द्रीय सदस्य नैनकला ओझा सक्रिय राजनीतिबाट अवकास लिने तयारीमा रहनु भएको छ ।