विराटनगर १ पुस । नेकपा एमालेको नयाँ नेतृत्वका लागि बुधबार विहान ८ वजेदेखि मतदान हुने भएकाे छ । आज साँझ ७ बजेबाट मतदान हुने बताइएपनि प्राविधिक कारण बुधबार विहान देखि हुने भएकाे हाे।
यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ ।
स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ । सोही कारण पनि आजै मतदान सक्नेगरी तयारीमा जुटेको उहाँले बताउनुभयो ।