विराटनगर ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राेकिएका याेजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनु भएकाे छ । आज झापाको गाैरादहमा नगर अस्पतालकाे शिलान्यास गर्दै उहाँले राेकिएका सडक याेजना तथा पूवाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयाे । उहाँले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तिब्र पारिने बताउनुभयाे । उहाँले भन्नुभयाे`अब अहिले बजेट […]
विराटनगर ३० चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनु भएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीले आज झापाको दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन […]
विराटनगर ३० चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्रमा कसैलाई पनि विध्वंश गर्ने छुट नभएको बताउनु भएको छ । नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका कार्कीले जनविरोधी शक्तिहरुलाई नसल्बलाउनसमेत चेतावनी दिनुभयो । नेकपा एमाले कोशी प्रदेशले दमकमा आयोजना गरेको जनजागरण सभामा बोल्दै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्र जनताले ल्याएकाले यसविरुद्ध उभिने जो–कोहीलाई जनताले बहिष्कार गर्ने […]
विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ। आज जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरु गरिएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गर्नुभएको हो। आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र […]
विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशका सचिवहरुलाई नीति कार्यक्रमका प्राथमिकता र बजेटका बारेमा निर्देशन दिनुभएको छ । सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले ल्याउने नीति […]