विराटनगर २५ साउन । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज काठमाडौँ उपत्यकासहित देशभरविभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य […]
विराटनगर २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत व्यापारमा नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब रुपैयाँ फाइदा गरेको बताउनुभयो । हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने […]
विराटनगर २४ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण […]
विराटनगर २२ साउन । कोशी प्रदेश सरकारले कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामामा दर्ता गरेको छ । कोशी प्रदेशभित्र बोलिने राष्ट्र भाषाको संरक्षण, प्रवर्धन तथा विकास गर्ने उद्देश्यले विधेयक सरकारले अघि बढाएको हो । भाषा आयोगको सिफारिका आधारमा कोशी प्रदेशमा बहुसंख्यक जनताले बोल्ने मैथिली भाषा र लिम्बु भाषालाई सरकारी कामकाजको […]
विराटनगर, २२ साउन । जेठको पहिलो साताबाट तीब्ररुपमा फैलिएको पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका २२ हजार १२२ पशुहरु संक्रमित भएका छन् । ‘लम्पी स्किन’बाट कोशी प्रदेशमा मृत्यू हुने पशुको संख्या ६३७ पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । जसमा मृत्यू हुने गाई/गोरु ६३५ र भैसी/राँगा दुईवटा रहेकाछन् । लामो […]