
विराटनगर २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत व्यापारमा नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब रुपैयाँ फाइदा गरेको बताउनुभयो ।
हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत आयात परिमाण घटाउँदै लगेका छौँ, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको उल्लेख गर्नुभयो ।