आज ग्याल्पो ल्होसार : शेर्पा समुदायले नयाँ वर्षकारुपमा मनाउँदै

विराटनगर १६ फागुन । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो […]

एमाले माेरङकाे १० औं जिल्ला अधिवेशनकाे तयारी अन्तिम चरणमा

विराटनगर १५ फागुन । नेकपा (एमाले)को मोरङको १० औं जिल्ला अधिवेशन प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने भएका छन् । एमाले मोरङको जिल्ला अधिवेशन शनिबारबाट सुरु हुँदैछ । फागुन १९ गतेसम्म चल्ने अधिवेशनले अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन […]

ताप्लेजुङमा हट्यो निषेधाज्ञा

विराटनगर १४ फागुन । पाथीभरा केबलकार निर्माणको विषयमा विवाद हुँदा परिस्थिति असहज बनेको भन्दै ताप्लेजुङमा तीन दिनदेखि जारी निषेधाज्ञा आजबाट हटाइएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले फागुन ११ गतेदेखि जारी निषेधाज्ञा हिजो राति ११ बजेबाट लागू हुने गरी हटाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकको […]

सुशासनका लागि जागरण अभियान : प्रचण्ड

विराटनगर, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनतामा नयाँ चेतना अभिवृद्धि हुने बताउनु भएको छ । प्रेस सेनटर नेपाल, मोरङशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेशीको मुद्दालाई स्थापित गर्न जागरण अभियानले बल दिने कुरामा जोड […]

जनताको अधिकार कसैले खोस्न सक्दैन : प्रचण्ड

विराटनगर १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताउनु भएको छ । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उहाँको चेतावनी छ । ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनु भएको हो । कसैको दया–मायाबाट […]