सोलुखुम्बुमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ६ जना घाईते

विराटनगर ७ कात्तिक । सोलुखुम्बुमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिनुभयो । माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ […]

आज भाइटीका, उत्तम साइत ११:३९ बजे

विराटनगर ६ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने […]

मुख्यमन्त्री कार्की द्वारा भाइटीकाकाे शुभकामना

विराटनगर ६ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीपावली तथा भाइटिकाको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा “हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने मूल नाराका साथ यस पर्वले पारिवारिक एकता, माया र आपसी सम्बन्ध झन् प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गर्नुभएको छ। […]

आज गोरु, गोवर्द्धन र हली पूजा गरिँदै

विराटनगर ५ कात्तिक । यमपञ्चक अर्थात तिहारको चौँथो दिन आज गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गोरु तिहार पर्व मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। यसैगरी वर्षभर गोरु […]

आजदेखि नेपाल सम्वत ११४६ शुरु

विराटनगर ५ कात्तिक । आजदेखि नेपाल सम्वत ११४६ आरम्भ भएको छ। नेपाल संवतको नयाँ वर्ष आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गरेका थिए। नेपाल सम्वतले पृथ्वीनारायण शाहको […]