विराटनगर ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गरि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
मोरङमा २९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ४ जनाले आज फिर्ता लिएपछि २५ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
चुनावी प्रतिष्पर्धामा रहेका उम्मेदवारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयहरुले निर्वाचन चिन्ह प्रदान गरेको बताएका छन् ।
मोरङ क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका मिलन भण्डारीलाई चुनाव चिन्ह (सारङ्गी) प्रदान गरिएको छ । त्यसैगरि याम प्रसाद दाहालाई (ठेकी), प्रेम वर्देवालाई (ट्रफी), ईशोर वाग्लेलाई (दुरवीन) र पशुपति घिमिरेलाई (कैची) चिन्ह प्रदान गरिएको छ ।
मोरङ २ का स्वतन्त्र उम्मेदवार नरेशकुमार साहलाई (क्यामरा), अनिलकुमार साहलाई (झोला), राजन निरौलालाई (आँप), बुधु ऋषिदेवलाई (कैची) चिन्ह प्रदान गरिएको छ ।
मोरङ ३ स्वतन्त्र उम्मेदवार तेजप्रसाद भण्डारीलाई (कप र प्लेट) र गणेश मिश्रलाई (क्यामरा) चिन्ह प्रदान गरिएको छ ।
मोरङ ४ का स्वतन्त्र उम्मेदवार भक्तमणी दाहाललाई (मुढा), विनोदकुमार कार्कीलाई (आसकोट), ज्ञानेन्द्र खत्रीलाई (त्रिभुज) चिन्ह प्रदान गरिएको छ ।
मोरङ ५ का स्वतन्त्र उम्मेदवार सुजितकुमार साहलाई (त्रिभुज), जयनारायणश शर्मालाई (स्टुल) , सुर्यनारायण ठाकुरलाई (भँगेरा), ममता यादवलाई (दूरबिन), मोहमद रेजा हुसैनलाई (ट्रफी), राजकुमार राजवंशीलाई (आँप), अमरकुमार यादवलाई (केराको काइँयो) र विकाश श्रेष्ठलाई जीप चिन्ह प्रदान गरिएको छ ।
क्षेत्र नं. ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका किरण खड्कालाई (झोला), खडानन्द रिजाललाई (मुढा) र उत्तम दाहाललाई (मसी) चिन्ह प्रदान गरिएको छ ।