मोरङ रंगेलीको त्रिभुवन माविका १०१ विद्यार्थी पुरस्कृत

विराटनगर ९ माघ । मोरङको रङ्गेली नगरपालिका एक स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका १०१ जना विद्यार्थीलाई विद्यालयले पुरस्कृत तथा सम्मान गरेको छ । विद्यालय खेल सप्ताहको अन्तिममा कार्यक्रम गरी विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

१ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, १ हजार ५ सय मिटर दौड र ३ हजार मिटर दौड प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरू पुरस्कृत भएका छन । त्यसैगरी लङ्ग जम्प, हाइ जम्प, शटपुट, बेलुन फुटाइर्, स्मरण शक्ति परीक्षण्, भलिबल लगायतका खेलहरू आधारभूत तह र माध्यमिक तह गरी विद्यार्थीलाई विभाजन गरी छात्र र छात्रा गरी छुट्टाछुट्टै विधामा खेल खेलाइएको खेल शिक्षक विजय प्रभात खवासले जानकारी दिनुभयो ।

सरस्वती पूजाको अवसरमा विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानिया, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, खेल शिक्षक विजय प्रभात खवास लगायतले प्रमाणपत्र मेडल तथा अविर लगाएर विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको विद्यालयले जनाएको छ । सो अवसरमा उत्कृष्ट (भलिबल ) तर्फ क्याप्टेन पवित्र प्रधान लाई समेत कपद्वारा सम्मान गरिएको विद्यालयका लेखापाल रजत शाह सोनारले बताउनुभयो ।

सरस्वती पूजा तथा खेल सप्ताहको अन्तिम दिन शुक्रबार विद्यालयको प्राङ्गणमा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।