विराटनगर ९ माघ । विराटनगरमा जारी विराटनगर क्रिकेट लिगको अन्तिम खेलमा लायन क्रिकेट एकाडेमी विजयी भएको छ ।
शुक्रबार भएको समुह वि को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडमिलाई ७ विकेटले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारेको थियो ।
जवाफमा १ सय २२ रनको लक्ष्य पाएको लायनले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । खेलको प्लेयर अफ द म्याच लायनका सकिव हक घोषित भए ।