विराटनगर ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका मोरङका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
माघ ६ गते उम्मेदवारी दर्ता गराएका मध्ये २ राजनीतिक दलका उम्मेदवार र ४ स्वतन्त्र उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।
मोरङ क्षेत्र नं. १ मा जसपा नेपालका दुर्गाप्रसाद दर्लामी र क्षेत्र नं.६ मा नेमकिपाका तिलकराम राजवंशीले उम्मेदवारी फिर्ता लिनु भएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिएका क्षेत्र नं. ३ का सुरेश लिम्वु, कञ्चन न्यौपाने , दलबहादुर थापा र क्षेत्र नंं ६ का राम खत्रीले उम्मेदवारी फिर्ता लिनु भएको छ ।
प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ दफा २५ उपदफा ४ बमोजिम उम्मेदवारी फिर्ता लिएका उम्मेदवारहरुको सूचीबाट नाम हटाईको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि मोरङ क्षेत्र नं. ४ का उज्यालो नेपालका विनोद परियार र क्षेत्र नं. ६ का जसपाका महमद जाविरको उम्मेदवारी रद्ध गरिएको थियो ।
माघ ६ गते मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ११८ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता र रद्ध गरि ८ जनाको सूचीबाट हटाईएको छ । मोरङमा अब ११० जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।