फुटवल टिम तयार गर्दै बुढीगंगा गाउँपालिका

विराटनगर १३ भदौ । मोरङको बुढीगंगा गाउँपालिकाले फुटवल टिम तयार गर्ने भएको छ । बुढीगंगा गाउँपालिकाका तर्फबाट विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउने गरि गाउँपालिकाले फुटवल टिम तयार गर्न लागेको हो । यूवाहरुको व्यक्तित्व विकास र कुलतबाट जोगाउने उद्देश्यले गाउँपालिकाले फुटवल टिम तयार गर्न लागेको अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो । उहाँले निरन्तर अभ्यासका लागि फुटवल […]

कोशी प्रदेश तथ्याङ्क सम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक पारित

विराटनगर १३ भदौ । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ कोशी प्रदेश तथ्याङ्क सम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक ’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी गर्नु भएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । यस अघि विधेयकको […]

कोशी प्रदेश सरकारद्धारा उद्यमशीलताको विकासका ‘उदय’ परियोजना सुरु

विराटनगर १३ भदौ । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ […]

सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त : राष्ट्रपति पौडेल

विराटनगर १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिनु भएको  छ । मादी माध्यमिक विद्यालय संखुवासभाको हीरक महोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । […]

पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनुले संविधानको औचित्य समाप्त हुँदैन : प्रचण्ड

विराटनगर १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कालापानी–लिपुलेक लगायतका सीमा समस्या भारतसँग सम्वादबाट समाधान गर्नुपर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको जानकारी गराउनु भयो । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत […]