विराटनगर १० कात्तिक । सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठको रौनकले छोएको छ । आज दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि […]
विराटनगर १० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसङ्गतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना गर्नुभएको छ । छठ पर्वका अवसरमा सोमबार शुभकामना दिँदै उहाँले यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा […]
विराटनगर १० कात्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदै छ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबार सुरु […]
विराटनगर ९ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आइसिटी निर्माण गर्ने घोषणा गर्नुभएको छ । आज सहिद भूमि गाउँपालिका धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गर्नुभएको हो । खेतान फाउन्डेसनले […]
विराटनगर ८ असोज । मोरङ लेटाङ २ स्कुल चोककी १३ बर्षीया बालिका अंशु गौतमको शव बीभत्स अवस्थामा फेला छ । २ सातादेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गौतम शुक्रबार जंगलभित्र मृत भेटिएकी हुन् । लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित […]