कोशी प्रदेश प्रमुख खापुङ्ग समक्ष अख्तियार वार्षिक प्रतिवेदन हस्तान्तरण

विराटनगर १३ कात्तिक । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदन आज वुझाइएको छ । प्रदेश प्रमुख खापुङ्गलाई आयोगको इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन वुझाउनु भएको छ । प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझदै […]

०४६ सालपछि लाभको पदमा पुगेका एमालेका सवै नेताहरुको सूची सार्वजनिक गरिने

विराटनगर १२ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले ०४६ सालपछि लाभको पदमा पुगेका एमालेका सवै नेताहरुको सूची सार्वजनिक गरिने बताउनु भएको छ । एमालेले नेताहरुको सूची तयार गरिरहेको उहाँले जानकारी दिनुभयो । छानवीनका लागि एमालेले सरकारलाई आह्वान गर्ने उहाँको भनाई छ । नेता राईले भन्नुभयो,‘ एमालेले नेताको सूची […]

विपीका पाँच कर्मचारी बर्खास्त, तीन जनामाथि विभागीय कारबाही

विराटनगर १२ कात्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियम विपरीत कार्य गर्ने पाँच जना कर्मचारीलाई बर्खास्त र तीन जनामाथि विभागीय कारबाही अगाडि बढाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार बर्खास्तमा पर्नेमा प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहन्चन्द्र रेग्मी रहेका छन् । रेग्मी प्रतिष्ठानमा कार्यरत रहँदै काठमाडौंस्थित सिभिल अस्पतालको […]

कोशी प्रदेशका मन्त्रीहरु परिवर्तन हुने

विराटनगर १२ कात्तिक । कोशी प्रदेशका मन्त्रीहरु हेरफेर हुने भएका छन् । मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन र सार्वजनिक रुपमा प्रश्न उठेका मन्त्रीहरु परिवर्तन गरिने एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले जानकारी दिनुभयो । आज प्रेस चौतारी मोरङले आयोजना गरेको संवाद कार्यक्रममा नेता राईले सत्तासाझेदार नेपाली कांग्रेससँग छलफल गरि मन्त्रीहरु परिवर्तनको काम अघि […]

उदाउँदो सूर्यलाई अर्घ्य, छठ पर्व सम्पन्न

विराटनगर ११ कात्तिक । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व सम्पन्न भएको छ । गत शनिबारदेखि शुरु भएको छठ आज विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सम्पन्न भएको हो । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सकिने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने […]