विराटनगर १८ मंसिर । एमालेको ईश्वर पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुंगालगायत जिल्लामा प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ । पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेर आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि चयनमा विधि बाहिर आफूखुसी निर्णय गर्ने, चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने […]
विराटनगर १७ मंसिर । कोशी प्रदेशका ६५ जना अपाङ्गता भएका व्यक्तिहरुले अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरीको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रतिभा पहिचान कार्यक्रममा विभिन्न ९ विधामा ६५ जना […]
विराटनगर १६ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि सुरू हुने भएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । प्राप्त भएका निवेदन उपर […]
विराटनगर १६ मंसिर । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा नेकपा एकिकृत समाजवादी कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमालेमा प्रवेश गर्नु भएको छ । आज दिउँसो एमाले पार्टी कार्यालयमा पुगेका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । लामासँगै अन्य कार्यकर्ता पनि पार्टी प्रवेश गरेको जनाइएको छ । नेकपा एसबाट […]
विराटनगर १६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मंसिर १९ गतेदेखि १५ औं प्याब्सन स्पोर्टस् मिट शुरु हुने भएको छ । मंसिर २१ गते सम्म तीन दिन सञ्चालन हुने जिल्ला स्तरिय स्पोर्टस् मिटमा २३५ विद्यालयका ३ हजार भन्दा बढी खेलाडीहरु सहभागी हुने छन् । प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार […]