काेशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ उम्मेदवार

विराटनगर ६ माघ । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काेशी प्रदेशमा ५०४ जनाकाे उम्मेदवारी परेकाे छ ।

प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्रमा साे संख्याकाे उम्मेदवारी परेकाे हाे ।

प्रदेश निर्वाचन कार्यालयका अनुशार सवैभन्दा बढी सुनसरी ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

६ वटा निर्वाचन क्षेत्र रहेकाे माेरङमा ११८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । माेरङ १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २०, ५ मा २२ र ६ मा २० जनाकाे उम्मेदवारी परेकाे छ ।

५ वटा निर्वाचन क्षेत्र रहेकाे झापामा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा १५, २ मा १८, ३ मा १७, ४ मा १६ र ५ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

४ वटा निर्वाचन क्षेत्र रहेकाे सुनसरीमा १०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं १ मा २५, २ मा २८, ३ मा२२ र ४ मा ३४ जनाले उम्मेदवारी दिएका छन् ।

२/२ निर्वाचन क्षेत्र रहेको उदयपुरमा ३१ र इलाममा २७ जनाकाे उम्मेदवारी परेकाे छ । उदयपुर क्षेत्र नं १ मा १८ र २ मा १३, इलाम क्षेत्र नं १ मा १३ र २ मा १४ जनाले उम्मेदवारी दिएकाे प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

एक/एक निर्वाचन क्षेत्र रहेका ताप्लेजुङमा १३, पाँचथरमा १५, संखुवासभामा १३, तेह्रथुममा १२, भाेजपुरमा १२, धनकुटामा १८, साेलुखुम्बुमा १२, खाेटाङ १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दिएका छन् ।