५१ वटा चुनाव चिन्हलाई ८ लाख ७४ हजार मत

विराटनगर २६ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्र्तगत समानुपातिक प्रणाली तर्फको मतगणना जारी छ । प्रमुख ६ राजनीतिक दलले हाल सम्म करिव ९७ लाख मत ल्याएका छन् ।

रास्वपाले ५० लाख ५६ हजार, नेपाली कांग्रेस १७ लाख १५ हजार, एमालेले १४ लाख ३० हजार, नेकपाले ७ लाख ८१ हजार, श्रम संस्कृतिले ३ लाख ६९ हजार र राप्रपाले ३ लाख २७ हजार मत ल्याएका छन् । प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका ६ वटा राजनीतिक दल मात्रै राष्ट्रिय पार्टी बन्ने भएका छन् ।

अन्य ५७ वटा राजनीतिक दलले प्रत्यक्षमा एक सिट पनि जित्न सकेनन् भने कुल सदर मतको ३ प्रतिशत पनि कटाउन सकेनन् । ५७ राजनीतक दलको ५१ वटा चुनाव चिन्हमा ८ लाख ७४ हजार ९४७ मत आएको छ । १० वटा राजनीतिक दलहरुले संयुक्त चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गरेका थिए ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुशार जनता समाजवादी पार्टी, नेपाल १ लाख ७३ हजार १०३ , राष्ट्रिय परिवर्तन पार्टी १ लाख ६७ हजार ७८३, जनमत पार्टी ७८ हजार ३४, एकल चिन्ह चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६१ हजार ०७८, नेपाल मजदुर किसान पार्टी, ४२ हजार ९९, राष्ट्र निर्माण दल नेपाल ३८ हजार ११०, राष्ट्रिय जनमोर्चा २९ हजार ३४२, एकल चिन्ह बस (नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीको २७ हजार ९३२ र नेपाल जनता संरक्षण पार्टीले २७ हजार ५९३ मत ल्याएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ११०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २३ हजार ६३२, मंगोल नेशनल अर्गनाइजेशनको २० हजार १८३, सार्वभौम नागरिक पार्टीले १४ हजार ५५९, एकल चिन्ह मोबाइल (आम जनता पार्टी र जनादेश पार्टी नेपाल)ले १२ हजार ७७९, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल १० हजार २७८ मत ल्याएको छ ।

निर्वाचन आयोगका अनुशार संयुक्त नागरिक पार्टीले ८ हजार ७६५, स्वाभिमान पार्टीले ८ हजार १०३, नेपाल जनता पार्टीले ७ हजार ६६, राष्ट्रिय जनमुक्ति पार्टीले ७ हजार २६, राष्ट्रिय एकता दलले ६ हजार ९२८, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)ले ५ हजार ९९०, नेशनल रिपब्लिक नेपालले ५ हजार ५३, राष्ट्रिय गौरव पार्टीले ४ हजार ९७९, नेपालका लागि नेपाली पार्टीले ४ हजार ९१६, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ४ हजार ७८२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ हजार ६२२ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले ४ हजार ४५३, राष्ट्रिय उर्जाशील पार्टी, नेपाल ४ हजार २८८, समावेशी समाजवादी पार्टी नेपालले ४ हजार १९८, गतिशील लोकतान्त्रिक पार्टीले ४ हजार ७२ मत ल्याएको छ ।

नेपाल लोकतान्त्रिक पार्टीले ३ हजार ९८२, नेपाल मातृभूमि पार्टीले ३ हजार १४७, राष्ट्रिय जनता पार्टी नेपालले २ हजार ८७०, जय मातृभूमि पार्टीले २ हजार ८३५, बहुजन शक्ति पार्टीले २ हजार ७०३, प्रजातान्त्रिक पार्टी नेपालले २ हजार १६८, नेपाल जनमुक्ति पार्टीले २ हजार १२५, जन अधिकार पार्टीले
२ हजार ३५, नेपाल सद्भावना पार्टीले १ हजार ९६९, पिपुल फष्र्ट पार्टीले १ हजार ७४५, नेपाली काँग्रेस (वी.पी.)ले १ हजार ७४२, नागरिक शक्ति नेपाल १ हजार ६८९ मत ल्याएको छ ।

नेपाली जनश्रमदान संस्कृति पार्टीले १ हजार ५८०, नेपाली जनता दलले १ हजार ४१८, समावेशी समाजवादी पार्टीले १ हजार ३४४, जनता लोकतान्त्रिक पार्टी, नेपालले १ हजार २७६, एकल चिन्ह जगर भएको सिंह(सचेत नेपाली पार्टी र नागरिक सर्वाेच्चता पार्टी नेपाल)ले १ हजार १०७, जनप्रिय लोकतान्त्रिक पार्टीले ९२०, मितेरी पार्टी नेपालले ७५५, उन्नत लोकतन्त्र पार्टीले ७१५, त्रिमुल नेपालले ६७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।