टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जित

विराटनगर १२ असोज । नेपालले वेस्टइन्डिजमाथि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक विजय हात पारेको छ । उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले शनिबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो । यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन […]

मोरङको रंगेलीमा प्रदेश स्तरिय फुलपाती बढाइँका लागि तयारी तिव्र

विराटनगर ११ असोज । मोरङको रंगेली स्थित सन्सारीमाईको मन्दिरमा विजयादशमीको सप्तमीका दिन कोशी प्रदेश स्तरिय फुलपाती बढाइँ हुने भएको छ । कोशी प्रदेश सरकारकाले सो मन्दिरमा प्रदेश स्तरिय फुलपाती बढाइँ गर्ने निर्णयपछि विगत ५ वर्षदेखि मन्दिरमा फुलपाती वढाई हुदै आएको छ । यसवर्ष पनि फुलपाती बढाइँका लागि तयारी तीव्र पारिएको सन्सारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष […]

दाहाल प्रतिष्ठान विराटनगरद्धारा १७ जना सम्मानित

विराटनगर ११ असोज । दाहाल प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १७ जनालाई आज सम्मानित गरेको छ । दाहाल प्रतिष्ठानअन्तर्गत स्थापित कोषहरूबाट पुरस्कृत तथा सम्मानित गरिएको हो । स्वर्गीय विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवा कोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’ बाट पण्डित भवानी शंकर निरौलालाई ३१ हजार रुपैयाँ, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज […]

मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, समाधान निकालौं : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर १० असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताउनु भएको छ । आज राजधानीमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चुनौती सिर्जना गर्ने खतरा भएको उल्लेख गर्नुभयो । ‘सधैं यस्तो […]

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य

विराटनगर १० असोज । कोशी प्रदेशसभाको ७ औँ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको ४० औँ बैठक गत भदौ १५ गते बसेको थियो । सो बैठकले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो । जेनजी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालय जलाएपछि बैठक कहाँ राख्ने भन्ने […]