माघ ११ देखि विराट एक्स्पो

विराटनगर २२ पुस । उद्योग संगठन मोरङले आगामी माघ ११ देखि विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । आयोजक उद्योग संगठन मोरङले आज एक्स्पो स्थल विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै माघ ११ देखि २० गते सम्म विराट एक्स्पो हुने जानकारी दिएको हो । एक्स्पोमा ९ पेभिलियन रहने छ । […]

देशभक्त र प्रगतिशील शक्तिहरू मजबुत भएकाले प्रतिक्रियावादी आतङ्कित : प्रधानमन्त्री ओली

विराटनगर २१ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबुत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउनु भएको छ । आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीय रूपमा एमालेविरुद्ध झूटा प्रचारमा लागेको टिप्पणी गर्नु […]

विराटनगर महानगरपालिका : लक्ष्यको ३५ प्रतिशत मात्रै आय

विराटनगर २१ पुस । विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । […]

प्याब्सन मोरङको अध्यक्षमा बस्नेत, कोषाध्यक्षमा गोलाप्रथाबाट भट्टराई निर्वाचित

विराटनगर २० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित हुनु भएको छ । विराटनगरमा सम्पन्न १६ औं जिल्ला अधिवेशनमा निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र सुवेदीलाई १७ मतले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको हो । गएराती सम्पन्न अन्तिम मतपरिणाम अनुसार वस्नेतले १०७ मत ल्याउनु भयो भने सुवेदीले ९३ मत प्राप्त गर्नु […]

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा निःशुल्क उपचार पाउने बिरामीको विवरण माग

विराटनगर २० पुस । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरुसँग निःशुल्क उपचार पाउने बिरामीको विवरण माग गरेको छ । मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको हो । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै निःशुल्क उपचार पाएका बिरामीको विवरणसहितको प्रतिवेदन माग गरेका […]