इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

विराटनगर १९ असोज । इलाममा बाढी पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्याेदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सूर्याेदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर […]

पाँचथरकाे कुम्मायकमा भएको सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु

विराटनगर १८ असाेज । पाँचथर कुम्मायककाे कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट सुनसरी तर्फ आउँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ३ जना महिला र ३ […]

आजको मौसम : चार प्रदेशमा भारी बर्षाको संभावना

विराटनगर १८ असोज । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम […]

दशैंको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गरिंदै

विराटनगर १८ असोज । विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गरिंदैछ । विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिइरहेका छन् । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम […]

आज दशैं : टीकाकाे साईत ११ :५३ मा

विराटनगर १६ असाेज। नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको […]