


विराटनगर १८ असाेज । पाँचथर कुम्मायककाे कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
ताप्लेजुङबाट सुनसरी तर्फ आउँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिनुभयाे । घाइतेकाे धरानमा उपचार भइरहेकाे छ । दुर्घटनामा मृत्यु भएका र घाइतेकाे परिचय खुलेको छै्रन ।

