इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

विराटनगर १९ असोज । इलाममा बाढी पहिरोमा परी १७ जनाको मृत्यु भएको छ ।

इलाम नगरपालिका, सूर्याेदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।

इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ ।

सूर्याेदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ ।

घर भत्किएको ठाउँबाट ४ जनाको शव निकालिएको थियो भने घाइते १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।