विराटनगर २५ असोज । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको कुल सम्पत्ति दायित्व ५७ करोड ३८ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ म ४८ करोड ४ लाख थियो । आर्थिक वर्ष ०८१–०८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिनुभयो । विराटनगरमा आज आयोजित २७ […]
विराटनगर २३ असोज । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । बैठकले सरकारले […]
विराटनगर २२ असाेज । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो। विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने […]
विराटनगर २१ असोज । कोशी प्रदेश सरकारले इलामका बाढी पहिरो पीडितहरुका लागि राहत सामग्री पठाएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रदेश सरकारले राहत सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाईएको उहाँले बताउनुभयो । प्रदेश सरकारले दैनिक उपभोग्य […]
विराटनगर २१ असोज । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै आयोगले गर्नुपर्ने कार्यहरूलाई समयबद्ध रूपमा सञ्चालन गर्न आयोगबाट आज निर्वाचन कार्यतालिका स्वीकृत भएको जानकारी गराएका हुन् । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको […]