विराटनगर ११ असोज । मोरङको रंगेली स्थित सन्सारीमाईको मन्दिरमा विजयादशमीको सप्तमीका दिन कोशी प्रदेश स्तरिय फुलपाती बढाइँ हुने भएको छ ।
कोशी प्रदेश सरकारकाले सो मन्दिरमा प्रदेश स्तरिय फुलपाती बढाइँ गर्ने निर्णयपछि विगत ५ वर्षदेखि मन्दिरमा फुलपाती वढाई हुदै आएको छ । यसवर्ष पनि फुलपाती बढाइँका लागि तयारी तीव्र पारिएको सन्सारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्जीव श्रेष्ठले वताउनुभयो ।
विगत पाच वर्ष देखि कोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा आयोजना हुदै आएको फुलपाती बढाइँमा मोरङ, सुनसरी, झापा जिल्ला लगायत भारतका सिमावर्ती जिल्लाको भक्तजनहरुको समेत ठुलो संख्यामा सहभागिता हुने गरेको छ । आगामी सोमवार फुलपातीका दिन विहान ९ वजे वाजागाजा झाँकी तथा कलशयात्रा सहित मन्दिरवाट फुलपाती वडढईको डोली निकालिने गरि तयारी गरिएको समितिका अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
बढाइँ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीय तहका प्रमुख तथा भक्तजनको उल्लेखनीय सहभागिता हुने गरेको छ । फुलपातीका दिन मात्र नभएर हरेक दिन मन्दिरमा सयौ भक्तजनहरुले मनोकामना पुरा भएपछि भाकल गरे अनुसार वोकाको वली चढाउदै सन्सारी देवीको पुर्जा अर्चना गर्ने गरिएको छ । यो वर्ष फुलपाती वढाईमा दश हजार वढी भक्तजन सहभागि हुने गरि व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका सह–सचिव इश्वर पोखरेलले वताउनुभयो ।
करिव तीन घण्टामा रंगेली वजार तथा मन्दिरहरुको परिक्रममा पछि फुलपाती वोकेको डोली पुन : सन्सारी मन्दिरमा आएर फुलपाती विर्सजन कार्यक्रम हुने आयोजकले बताएको छ ।