महानगरद्वारा ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन

विराटनगर ३ फागुन । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक […]

मोरङमा ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

विराटनगर, २ फागुन । मोरङमा यसवर्ष ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९ सय ५७ जना रहेका छन् । जसमध्ये ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्यसहित त्यही अनुरुपको तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनु भयो । उहाँका अनुसार […]

प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

विराटनगर २ फागुन । प्रदेश नं १ सरकारले विदेशी मुद्रा आर्जन गर्ने नगदेवालीको रुपमा रहेको चिया विशेष क्षेत्र घोषणा गरी प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन सरोकारवालाहरुले सुझाव दिनु भएका छन् । उनीहरुलाई प्रदेश चिया नीति निर्माण गरि यसको समग्र समस्या सम्वोधन गर्नुपर्नेमा जोड दिएका छ ।राष्ट्रिय चिया तथा कफि विकास वोर्ड तथा प्रदेश […]

मुख्यमन्त्री कार्कीद्धारा ३५ जनालाई ह्विलचियर वितरण

विराटनगर १ फागुन । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन दर्जन व्यक्तिहरुलाई ह्विलचियर वितरण गर्नु भएको छ ।आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश १ सरकार, करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ, बाल अपाङ्ग टेवा संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले मोरङ र सुनसरीका १५ स्थानीय तहका ३५ जनालाई ह्विलचियर वितरण गर्नु भएको हो […]

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

विराटनगर, १ फागुन । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । भ्याट बाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटर क्षेत्रफलभित्रा टर्मिनल भवन बन्ने भएको हो । नयाँ बन्ने टर्मिनल भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज शिलान्यास गर्नु भएको छ । विराटनगरमा बन्ने टर्मिनल भवन […]