एमालेलाई राप्रपाको समर्थन छ : नेता सिटौला

विराटनगर २२ भदौ । कोसी प्रदेशको सरकारमा नेकपा एमाले नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने भएको छ ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै राप्रपा कोसी प्रदेश संसदीय दलको नेता भक्ति सिटौलाले संविधानमाथि भएका हस्तक्षेपहरुलाई सर्वाेच्च अदालतले सच्चाएको बताउनुभयो । अदालतले गरेको परमादेशको सम्मान गर्दै संसदीय दलका नेता सिटौलाले संविधानको धारा १६८ को उपधारा ३ सरकार गठन गर्दा राप्रपाले ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन दिएको आदेशलाई सम्मान गरेको बताउनुभयो ।

सिटौलाले भन्नुभयोे, ‘अब एमालेको संसदीय दलको नेताको नेतृत्वमा बन्ने सरकारलाई राप्रपाले समर्थन गर्छ । सरकारमा अहिले नै हामी सहभागि हुदैनौ । तर हाम्रो समर्थन पुरा रहनेछ ।’ अहिले नै सरकारमा जाने अवस्था नभएको बताएका सिटौलाले भने, ‘विश्वासको मतसम्म सरकारलाई समर्थन गर्ने हो ।

विश्वासको मतपछि पनि केन्द्रीय कमिटिले निर्णय गर्छ । सरसल्लाह गर्छाै । तर अहिले नै सरकारमा जाने भने होइन् ।’