कोशीका मुख्यमन्त्री थापा पदमुक्त, ४८ घण्टाभित्रमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

विराटनगर २१ भदौ । सर्वाेच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ ।

प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टा भित्रमा नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर भदौ ४ मा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।