विराटनगर २८ माघ । कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीलाई थप सेवा सुविधा दिने गरी ल्याएको अध्यादेशको नेकपा एमाले कोशीले आपत्ती जनाएको छ । एमालेले अध्यादेश तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ । एमाले मोरङ पार्टी कार्यालयमा आज प्रेस चौतारीसँगको छलफल कार्यक्रममा अध्यक्ष घनस्याम खतिवडाले प्रदेश सभालाई वेवास्ता गर्दै ल्याईएको अध्यादेशको घोरनिन्दा गर्नुभएको छ । […]
विराटनगर २८ माघ । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आइतबार अनौपचारिक पोसाकमा सेवाग्राही बनेर यातायात कार्यालयको ट्रायल सेन्टर अनुगमन गर्न पुगे । टाउकोमा क्याप, अनुहारमा कालो चश्मा र मुखमा कालै मास्क लगाएका थिए । सेन्टर पुगेर उनले केही सेवाग्राहीसँग कुराकानी गरे । सचिवालयका कर्मचारीहरूले पनि औपचारिक पोसाक लगाएका थिएनन् । मन्त्री […]
विराटनगर २८ माघ । झापाले कोशी प्रदेशस्तरीय पाँचौं आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटले मोरङको बेलबारीमा आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित झापाले उपाधि जितेको हो । प्रतियोगितामा सहभागी कोशी प्रदेशका ११ जिल्लामध्ये उपाधि रक्षा गर्न झापा सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण, […]
विराटनगर २७ माघ । चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका सात जना ब्यक्तित्वलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको १९ औ वार्षिकोत्सवका अवसरमा शनिबार विराटनगरमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा साहित्य, ललितकला, मानवीय धर्म संस्कृति, समाज सेवा, खेल, पत्रकारिता, र बाल प्रतिभामा पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले साहित्य क्षेत्रमा प्राडा दयाराम श्रेष्ठ, ललितकलातर्फ […]
विराटनगर २७ माघ । मानव बेचबिखन तथा ओसारपसारको घटनाबाट पीडित तथा प्रभावितको न्यायमा पहुँचको अवस्था कमजोर रहेको सरोकारवालाहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, माईती नेपाल र फ्रि अ गर्लको संयुक्त आयोजना विराटनगरमा भएको दुई दिने कार्यशालाको क्रममा सहभागीहरूले कानुनमा छिद्र रहेकाले संशोधन गरेर जानु पर्ने अवस्था रहेको बताएका छन् । […]