लुघवित्त मुलुक लागि आवश्यक : डा. कोइराला

विराटनगर २३ माघ । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लघुवित्तले आफ्ना ऋणीलाई शिप सिकाउनु पर्ने बताउनु भएको छ । विराटनगरमा आज आयोजित कोशी प्रदेशमा मुख्य कार्यालय रहेका लघुवित्त संस्थाहरुको प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेता कोइरालाले आजको समयको माग र आवश्यकता अनुसारको ऋणिलाई शिप तथा बजारसम्मको सहज पहुँच पुर्याउनु पर्ने बताउनुभयो । […]

जग्गा मागदाबी गर्नुको कुनै तुक नभएको मदन भण्डारी स्मृति प्रतिष्ठानको भनाई

उर्लाबारी २३ माघ । मदन भण्डारी स्मृति प्रतिष्ठानले नेपाल सरकारबाट वैधानिक रुपमै प्राप्त गरेको जग्गा कसैका आग्रह र विरोधकै कारण खाली नहुने स्पष्ट पारेको छ । प्रतिष्ठानको मुख्य कार्यालय उर्लाबारी मंगलबारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खेल मैदान वा अन्य कुनैपनि प्रयोजनका लागि प्रतिष्ठानले दोस्रो पक्षका लागि जग्गा उपलब्ध गराउनुपर्ने सवाल नै असान्दर्भिक र अनुपयुक्त भएको […]

माघ २६ गतेदेखि विराटनगरमा १३ औं प्याब्सन स्पोर्टस मिट हुने

विराटनगर २२ माघ । विराटनगरमा १३ औं प्याब्सन स्पोर्टस मिट माघ २६ गतेदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्पोर्टस मिटबारे जानकारी गराएको हो । ‘राष्ट्रको खेलकुद विकासका लागि, स्वास्थ्य र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस मिट’ भन्ने मूल नाराका साथ खेलकुद कार्यक्रम गर्न लागेको […]

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न एमाले सांसदद्धारा मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण

विराटनगर २२ माघ । नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गरिदिन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । सुनसरीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आज मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराउँदै प्रतिष्ठान विभिन्न कारणले धरासायी बन्दै गईरहेको बताए । प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीको आन्दोलनका कारण विद्यार्थीको पढाई र नागरिकको उपचारमा समस्या […]

जिसस प्रमुख अध्यक्ष हुने व्यवस्था हटाएर अस्पताललाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोज्नु गलत : पूर्व मन्त्री घिमिरे

विराटनगर २१ माघ । कोशी प्रदेशका पूर्व सामाजिक जीवन घिमिरेले जिल्ला समन्वय समितिका प्रमुख अस्पताल विकास समितिको अध्यक्ष हुने व्यवस्था हटाएर विकास समितिलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । प्रजातान्त्रिक संविधानमा जननिर्वाचित सरकारलाई संसद्को अधिवेशन नभएको अवस्थामा गम्भीर प्रकृतिको काम तत्काल गर्न आवश्यक भएको खण्डमा प्रत्यायोजित विधायिकी अधिकार प्रयोग […]