विराटनगर, २० असार । मोरङको ग्रामथान गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । ५ महिनादेखि तलब भत्ता नपाएको भन्दै असार १८ गतेबाट स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवा बन्द गरी स्वास्थ्यकर्मीहरु गाँउपालिकाको कार्यालयमा धर्नामा बसेका छन् । गाउँपालिका प्राङ्गणबाट नै आवश्यक स्वास्थ्य सेवा प्रदान गरी स्वास्थ्यकर्मीहरूले धर्ना कार्यक्रम गर्दै आएका छन् । स्वास्थ्यकर्मीहरूको तलब भत्ता […]
विराटनगर, १९ असार । विराटनगरका उद्योगी व्यवसायीले आगामी मौद्रिक नीतिले उद्योग क्षेत्रमा प्रवाह हुने कर्जा दर एकल अंकमा झार्नेगरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वको प्रतिनिधि मण्डलले अर्थमन्त्री र नेपाल राष्ट्र वैंकका गर्भनरलाई भेटेर यस्तो माग गरेको हो । टोलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग पनि भेटेर विद्युतसँग […]
विराटनगर, १९ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । आज देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताहको समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको […]
विराटनगर १८ असार । कोशीका प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि उनले आव्हान गरेका हुन् । दावी पेश गर्नका लागि असार २१ गते साँझ ५ बजेसम्मको समय दिएका छन् । प्रदेशमा […]
विराटनगर १७ असार । कोशी प्रदेशमा नयाँ सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने नेपाली काँग्रेस प्रदेश कार्य समितिले निर्णय गरेको छ । आज काठमाडौमा बसेको कोशी प्रदेश कार्य समिति पदाधिकारी बैठकले प्रदेशमा निर्माण हुने पहिलो सरकारका लागि काँग्रेस तयार रहेको जनाएको छ । बैठकपछि प्रदेशका उप–सभापति रमेशजङ रायमाझीले सहमतिको सरकारका लागि काँग्रेस लचिलो हुदै अघि बढ्ने […]