कोशीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमालेद्धारा सर्वाेच्चमा रिट दायर

विराटनगर २२ असार । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वाेच्च पुगेको छ । आज शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वाेच्चमा रिट दायर गरेको नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि […]

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : नेका नेता डा कोइराला

विराटनगर ,२२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनु भयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुखले सरकार निर्माणको क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुने सक्ने आशंका व्यक्त्त गर्नु भयो । नेता डा. कोइरालाले सरकार निर्माणको क्रममा […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त थापा को हुन ?

विराटनगर २१ असार । ०३४ सालतिर काठमाण्डौंको शंकरदेव क्याम्पसवाट नेविसंघको इकाईवाट राजनैतिक जीवन सुरु गर्नूभएका उद्वव थापा नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा कोशी प्रदेश सभापतिमा निर्वाचित हुनुभयो । ०७९ मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट समानुपातिक सांसद हुँदै संसदीय दलको नेतामा निर्वाचित हुनु भएको थियो । संसदीय दलको नेतामा निर्वाचित भएको ५ महिना पछि विहिबार माओवादी, नेकपा […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

विराटनगर २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनु भएको छ । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका […]

मोरङ कारागारको अवस्था सुधार गर्न माग गर्दै उच्च अदालत विराटनगरमा इन्सेकद्धारा रिट दायर

विराटनगर २० असार । मोरङ कारागारमा रहेका कैदीबन्दीहरूको आधारभूत मानव अधिकार रक्षा र कारागारको अवस्था सुधार गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सरकारविरूद्ध उच्च अदालत विराटनगरमा आज रिट दायर गरेको छ । गृह मन्त्रालय सिंहदरबार काठमाण्डौँ, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय मोरङ, मोरङ कारागार कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी […]