विराटनगरमा विमानस्थल पीडितहरु आन्दोलित

विराटनगर, ३० जेठ । विराटनगर विमानस्थल पीडितहरु आन्दोलित भएका छन् । विमानस्थल विस्तारका नाममा दुई वर्षदेखि जग्गा रोक्का राखिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्थानीयलाई मुआब्जा दिन भनेर सरकारले तीन सय परिवारको एक हजार चार सय कित्ता जग्गा रोक्का राखेको हो । अहिलेसम्म स्थानीयले मुआब्जा पाएका छैनन् । न त जग्गा नै फुकुवा भएको छ […]

विराटनगर विमानस्थल पीडित संघर्ष समितिले सात दिने अल्टिमेटम दिने

विराटनगर, २९ जेठ । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले आगामी असार ६ गतेदेखि सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नहुँदा ३५० घरपरिवार आर्थिक संकटमा परेको भन्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघर्ष समितिका संयोजक वेदराज पौडेलले मुआब्जाका लागि कागजात बुझाएको दुई बर्ष विति सक्दा पनि सरकारले […]

विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन सुझाव

विराटनगर, २९ जेठ । विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरूले सुझाव दिएका छन् । विराटनगर महानगरपालिकाले शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरूसित आयोजना गरेको छलफलमा सहभागीहरूले विराटनगरको पहिचान झल्किने योजना निर्माणसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए । नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले विराटनगर के हो भनेर स्पष्ट नभएको उल्लेख गरे । “विराटनगर दोस्रो ठूलो सहरबाट […]

प्रदेश १ को समन्वय परिषद् बैठक सञ्चालन कार्यविधि ‘२०७९’ स्वीकृत

विराटनगर, २४ वैशाख । प्रदेश १ को प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि ‘२०७९’ स्वीकृत गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि ‘२०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि ‘२०७५’ खारेज भएको छ । गत वैैशाख […]

विराटनगर महानगरको आफ्नै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन

विराटनगर, २४ जेठ । विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो । विराटनगर वडा नम्बर ११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ […]