कोशीका मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेश गरे विश्वासको मतका लागि प्रस्ताव

विराटनगर १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नु भएको हो । विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुअघि सरकारको तर्फबाट मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेश सरकारले प्रदेशअधिवेशन अन्त्य गरेर […]

प्रशासन सुधार कार्यदलद्धारा कोशी प्रदेश सरकार समक्ष प्रतिवेदन हस्तान्तरण

विराटनगर, १३ असार । कोशी प्रदेश सरकारले चार महिना अघि गठन गरेको प्रशासन सुधार कार्यदलले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिबेदन बुझाएको छ । कार्यदलले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहका बीच उक्त प्रतिवेदन बुझाएको हो । कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरुलाई आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र […]

कोशी प्रदेश सरकार र नागरिक उन्मुक्ति पार्टीबीचको वार्ता सकारात्मक

विराटनगर १३ असार । कोशी प्रदेश सरकार र नागरिक उन्मुक्ति पार्टी(एकीकृत) प्रदेश समितिवीच आज विराटनगरमा भेटघाट एवं छलफल भएको छ । सरकारी वार्ता टोलीका संयोजक खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङबो लिम्वु र नागरिक उन्मुक्ति पार्टी प्रदेश समिति वीच आज भेटघाट एवं कुराकानी भएको छ । मन्त्री लिम्वुलाई मन्त्रालयमा उन्मुक्ति पार्टी वार्ता टोलीका प्रदेश […]

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब २८ करोड ५० लाख

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको १२ औँ नगर सभामा आज उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ एक अर्ब ६५ करोड ५५ लाख […]

नेपाली सेना –पाँच दिने विपद् अभ्यास हातेमालो

विराटनगर ९ असार । नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणले विपद् व्यवस्थापन सम्बन्धी पाँच दिने अभ्यास हातेमालो –५ आज थलाहामा सम्पन्न भएको छ । जिल्लामा हुने वाढी, पहिरो , डुवान, आगलागी तथा भुकम्पका समयमा जनधनको क्षतिको न्यूनिकरण एवं राहत र उद्धारका कार्यमा विपद व्यवस्थापनसँग सम्वद्ध सम्पूर्ण निकायहरुलाई समन्वयात्मक ढंगबाट परिचालन लागि अभ्यासको आयोजना गरिएको गणका […]