विराटनगर १४ फागुन । नेशनल टी–२० च्याम्पिनसीप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ । आगामी फागुन २२ गतेदेखि विराटनगरमा शुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
विराटनगर १९ को बैजनाथपुर खेल मैदानमा चैत ३ गते सम्म हुने प्रतियोगिताको समूह (क) मा सशस्त्र प्रहरी बलको टोली, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेश छ । समूह (ख) मा नेपाल पूलिस क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिनुभयो । मोरङ जिल्ला क्रिकेट संघद्धारा विराटनगरमा आयोजित टेलिभिजन प्रसारणसम्बन्धी पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष कुरैसीले पहिलो खेलमा गृह प्रदेशको चुनौति कर्णालीले सामना गर्ने बताउनुभयो । पत्रकार सम्मेलनका क्रममा संघका अध्यक्ष कुरैसीले प्रतियोगिताको टेलिभिजनको एकाधिकार विराटनगरको मकालु टेलिभिजनले पाएको बताउनुभयो ।
मकालु टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत दिवस सुवेदीले प्रदेशको खेल क्षेत्रलाई घर घरमा पुराउनका लागि टेलिभिजनले सक्दो प्रयास गर्ने बताउनुभयो । आर्थिक रुपमा भन्दापनि क्रिकेटलाई प्रवद्र्धन गर्नका लागि आफनो स्थानबाट प्रयास गरिएको अधिकृत सुवेदीले बताउनुभयो ।
दैनिक २ वटा खेल हुने प्रतियोगितामा पहिलो खेल विहान १० बजे र दिउँसो २ बजे हुने बताइएको छ । प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैया हात पार्ने आयोजकले बताएको छ ।