कोशी प्रदेशमा दुधजन्य पदार्थ र मासु उत्पादनमा वृद्धि

विराटनगर १३ असार । कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले महत्वपूर्ण योगदान पुर्याएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको विस २०७४/७५ मा स्थापित उक्त परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा प्रदेशका सात जिल्लाका ७७ पालिकाका पशु […]

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभीबाट पहिलो पटक विद्युत प्रवाह

विराटनगर १२ असार । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । नेपाल भित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तार गर्न यो प्रसारण लाइन बनाइएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका […]

अजोड इन्स्योरेन्स कम्पनीलाई अवहेलना मुद्धामा लिखित जवाफ पेश गर्न उच्च अदालतको आदेश

विराटनगर ११ असार । उच्च अदालत विराटनगरले अदालतको अवहेलना मुद्धामा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज न्यायाधिश ममता खनाल र सुर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले निवेदक नेपाल पत्रकार महासंघ मोरङको माग बमोजिम अदालतको अवहेलनामा कारवाही गर्नु नपर्ने आधार र कारण भए प्रमाण सहित ७ दिन भित्र […]

विराटनगर महानगरको बजेट तीन अर्ब ४९ करोड ९९ लाख

विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१-८२ को लागि रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार अनुमानित आय–व्यय सार्वजनिक गरेको छ । विराटनगर महानगरपालिकाको आज आयोजित नगर सभाको चौधौँ अधिवेशनमा उक्त वजेट प्रस्तुत गरिएको हो । महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको बार्षिक नीति बजेट कार्यक्रम प्रस्तुत गर्दै […]

अजोड इन्स्योरेन्स विरुद्ध अदालतको अवहेलनामा पत्रकार महासंघ मोरङद्धारा मुद्धा दर्ता

विराटनगर १० असार । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योरेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ । कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा परमादेश जारी गरेपनि अदालतको आदेशको अबज्ञा गरेपछि पत्रकार महासंघ मोरङले आज अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्धा दर्ता गरेको हो । […]