काममा फर्किए कोशीका लेखा अधिकृतहरू

विराटनगर १४ असार । प्रदेश निजामती ऐन संशोधनको मागसहित ९ दिनदेखि काम छाडेर आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरू काममा फर्किएका छन् । असारको अन्तिममा ४ अर्बभन्दा बढी सरकारी भुक्तानी रोकिएपछि लेखा समूहका कर्मचारी काममा फर्किएका हुन् । काममा फर्किएका कर्मचारीको माग सम्बोधन भने भएको छैन । तर सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण काममा फर्किएको […]

विराटनगरमा खानेपानीको समस्या चाँडै समाधान गर्छौं : उपप्रमुख कार्की

विराटनगर १४ असार । विराटनगरमा देखिएको खानेपानीको समस्या चाँडै समाधान गरिने भएको छ । विराटनगरवासीलाई सन् २०२६ सम्मका शुद्ध पिउने पानी पुर्याउने लक्ष्य रहेको उपप्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो । निर्वाचनका समयमा जनतासँग गरेको प्रतिबद्धता अनुसार महानगरपालिका खानेपानीको समस्या समाधानमा लागि परेको उहाँले बताउनुभयो । जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्धारा संचालन […]

एभरेष्टका ३ विद्यार्थी सहित मोरङका ८ विद्यार्थीले ल्याए ४ जीपीए

विराटनगर १४ असार । मोरङका ८ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । सबैभन्दा बढि एभरेष्ट बोर्डिङ स्कुल विराटनगरका तीन जनाले ४ जीपीए ल्याएका हुन् । तीनजनाले जीपीए ४ ल्याएसँगै विद्यालयले कोशी प्रदेशकै उत्कृष्ट भएको दाबी गरेको छ । एभरेष्टबाट एसइई परीक्षामा २१२ जनाले परीक्षा दिएका थिए । ती मध्ये कृतज्ञ दाहाल, राजु कुमार साह र […]

कोशी प्रदेशमा दुधजन्य पदार्थ र मासु उत्पादनमा वृद्धि

विराटनगर १३ असार । कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले महत्वपूर्ण योगदान पुर्याएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको विस २०७४/७५ मा स्थापित उक्त परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा प्रदेशका सात जिल्लाका ७७ पालिकाका पशु […]

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभीबाट पहिलो पटक विद्युत प्रवाह

विराटनगर १२ असार । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । नेपाल भित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तार गर्न यो प्रसारण लाइन बनाइएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका […]