सरकारप्रति जनताको भरोसा छ : डा कोइराला

विराटनगर, ८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विशेष परिस्थितिमा बनेको वर्तमान सरकारले काम तीव्रगतिमा गर्नु पर्ने बताउनुभएको छ । विराटनगर स्थित निजी निवासमा नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुलुकमा राजनीतिक र सरकारको स्थिरता कायम गर्न बनेको यो सरकारप्रति जनताको आशा र भरोसा रहेको कुरामा जोड दिनुभयो […]

कोशी प्रदेश सरकारले मर्मत तथा पुन : निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने

विराटनगर ७ कात्तिक । गत असोज ११ र १२ गते भएको अविरल वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुन ः निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको  छ । कोशी प्रदेश सरकारले निर्माण गरेको कोषमा ४० करोड रुपैयाँ जम्मा गरी काम गर्न सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक […]

ग्रामथानको अध्यक्षका लागि एमालेमा ११ आकांक्षी

विराटनगर ७ कात्तिक । आगामी मंसिर १६ गते मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा एमालेमा ११ जना आकांक्षी देखिएका छन् । गत स्थानीय तह निर्वाचिनमा अध्यक्षमा पराजित पूर्व गाउँपालिका अध्यक्ष सहित ११ जना आकांक्षी देखिएका हुन । आज ग्रामथान २ झोराहाटमा बसेको पालिका कमिटी बैठकमा पूर्व अध्यक्ष शिवनारायण माझी, तुलशीराम विश्वास, कृष्णकुमार […]

सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ

विराटनगर, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै आवश्यक नरहेको बताएका हुन् । ‘दुईवटा प्रमुख […]

विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

विराटनगर ७ कात्तिक । प्रदेश राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ । केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताउनुभयो । मेयर कोइरालाको उपस्थितिमा ट्राफिक प्रहरी, नगर प्रहरी, इन्जिनियर, परामर्शदातालगायतसँग बुधबार भएको छलफलपछि पहिला परीक्षण गर्ने […]