सहकारी ठगी प्रकरण : लामिछाने सहित ५१ जनालाई मुद्धा चलाउन सिफारिस

विराटनगर २ पुस । प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र […]

विराटनगर महानगरको आयोजनामा ‘महानगर रोजगार मेला’ सुरु

विराटनगर २ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ । विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका […]

३ जना मिल्दैमा संगठित अपराध हुँदैन : सर्वाेच्च अदालत

विराटनगर ३० मंसिर । सर्वाेच्च अदालतले तीन वा त्योभन्दा बढी व्यक्ति संलग्न भएर अपराध गर्दैमा संगठित अपराध नहुने व्याख्या गरेको छ । १४ जना व्यक्ति जोडिएको अपहरण तथा शरीर बन्धक सम्बन्धी एउटा मुद्दामा सर्वाेच्च अदालतले संगठित अपराध र सामूहिक अपराधलाई एउटै रूपमा हेर्न नहुने व्याख्या गरेको हो । ‘अपराधमा तीन वा तीनभन्दा बढी व्यक्तिहरूको संलग्नता […]

भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्न सांसदहरुको असहयोग भएको प्रधानमन्त्रीको गुनासो

विराटनगर ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्न खोजेकोमा विधेयक अघि बढाउन नदिइएको गुनासो गर्नुभएको छ । काठमाडौंको वसन्तपुरमा आज ज्यापु दिवसको कार्यक्रममा ओलीले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारवाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारवाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा सांसदहरुले नै त्यसलाई अस्वीकार गरेको दाबी गर्नुभयो । […]

कोशी प्रदेशका सहकारीमा बचतकर्ताको कुल ३३ अर्ब ११ करोड ६ लाख बचत

विराटनगर २५ मंसिर । कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन सय ११ जना छन् । ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ । सहकारी संस्थामा तीन लाख र पाँच लाख रुपैयाँसम्म […]