विराटनगर १८ चैत । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानामा रहेको पर्डु विश्वविद्यालयबीच अनुसन्धान, आविष्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित डिनको कार्यालयमा आज पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजुकमार थपलिया र पर्डु विश्वविद्यालय अमेरिकाका कार्यक्रम निर्देशक डा. रमेश न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । दुई विश्वविद्यालयबीच […]
विराटनगर १८ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले नेपालीहरूलाई एकआपसमा एकतामा बाँधेर अघि बढ्न प्रेरणा मिल्ने बताउनुभएको छ । आज ईद उल फित्रको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यो पर्वले एकआपसमा सद्भाव वृद्धि गर्दै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यमा समेत सहयोग पुग्ने बताउनुभएको छ । नेपालको संविधानले सबै जातजाति […]
विराटनगर १७ चैत । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ । उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ । अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ । तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको […]
विराटनगर १७ चैत । चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो । अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको र्भपनि चिया तथा कफी बगानमा काम […]
विराटनगर १६ चैत । राजावादीले शुक्रबार गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड गरेका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने […]