चैत्र २० गते विराटनगरमा सहकारीकर्मी भेला

बिराटनगर १३ चैत । राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम विराटनगरमा गर्ने तय भएको छ । चैत २० गते हुने कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने जनाईएको छ ।

कार्यक्रमलाई भव्य बनाउन जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष डा.डिल्ली पोखरेलको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोईरालाले बताउनु भयो । त्यसैगरी कार्यक्रमलाई व्यवस्थित बनाउन १२ वटा विभिन्न उपसमितिहरु गठन गरिएका छन ।

बिजयहरी खतिवडाको संयोजकत्वमा प्रचार प्रसार, जितेन्द्र झा को संयोजकत्वमा स्वास्थ्य उपसमिति, झाँकी व्यवस्थापन विजयकुमार माझी, दिप प्रज्वलन सीता लामिछाने, हल मञ्चमा राकेश दाहाल र खानेपानी उपसमितिको संयोजकमा नारायण ढकाल रहनु भएको छ । त्यसैगरी पार्वता बराल, स्वागत सत्कार गोपाल धिताल, पार्किङ व्यवस्थापन गोबिन्द निरौला, र्याली व्यवस्थापन, ई. कमलेश्वर ठाकुर, स्वयम सेवक व्यवस्थापन अमृत गुरुङ, आर्थिक व्यवस्थापन उप समितिको संयोजक रहनु भएकोछ ।

कार्यकम अनुसार चैत्र १८ गते साँझ ४ बजेदेखि पुष्पलाल चौकबाट बृहत मोटर साईकल र्याली र चैत्र १९ गते साँझ ६ बजे महेन्द्र चौकमा दिप प्रज्वलन कार्यक्रम राखिएको छ । प्रचार उपसमितिका सह–संयोजक अविनाश निधिका अनुसार चैत्र २० गतेको कार्यक्रममा सहभागी हुन मोरङ जिल्लामा रहेर करीब ९ सय सहकारी संघ–संस्थाका हजारौं सहकारीकर्मीहरु विराटनगरमा आउनेछन् ।

उपसमितिहरु सहितको बैठकले कार्यक्रम तयारी सम्वन्धि आवश्यक निर्णय गरेको जिल्ला वहुउद्देश्यीय सहकारी संघ लि. मोरंङका अध्यक्ष माधव अधिकारीले बताउनु भयो ।