
विराटनगर ७ चैत । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आज रातीदेखि अन्त्य हुँदैछ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले छैटौँ तथा हिउँदे अधिवेशन बिहीबार रातिबाट लागु हुनेगरी अन्त्य गर्न सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै आजरातिबाट अधिवेशन अन्त्य भएको जनाएको छ ।