विराटनगर ३ फागुन । कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्ष पुरा भएको छ । सरकारले आज औपचारिक रुपमा सातौं वार्षिकोत्सव मनाउँदै छ । कोशी प्रदेशमा २०७४ फागुन २ गते शेरधन राईको नेतृत्वमा सरकार गठन गरिएको थियो । २०७२ असोज ३ मा जारी भएको संविधानको विधिवत कार्यान्वयन २०७४ को तीनै तहको निर्वाचनपश्चात भएको हो । २०७४ […]
विराटनगर १ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको बताउनु भएको छ । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बिहिवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उहाँले बाल विवाहबाट उनीहरुले मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भिर असरपर्ने भएकोले यसको नियन्त्रणमा हामीसबै जिम्मेवार […]
विराटनगर १ फागुन । विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ । उपप्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो […]
विराटनगर १ फागुन । सर्वाेच्च अदालतले कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वाेच्चले पराजुलीलाई ६ वर्ष कैद सजाय सुनाएको छ । ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वाेच्चले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन दिएको […]
विराटनगर ३० माघ । प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश वस्नेतले सञ्चार सम्वन्धी कानून निर्माणमा प्रेस चाैतारीले नेतृत्वदायी भूमिका निर्माण गरेकाे बताउनु भएकाे छ । प्रेस चाैतारी काेशी प्रदेशकाे दाेश्राे अधिवेशनकाे आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष वस्नेतले साे कुरा बताउनु भएको हाे । अध्यक्ष वस्नेतले संगठनकाे हित विपरीत गर्नेहरूलाई संगठनले जिम्मेवारी नदिइने बताउनुभयाे । संगठनमा काम […]