विराटनगर २१ जेठ । नेकपा माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध १४ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको हो । सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट दायर गर्दै ज्यान मुद्दाका दोषीलाई मन्त्री […]
विराटनगर २१ जेठ । विराटनगरमा देशभरीका उपप्रमुखहरुको भेला हुने भएको छ । आगामी शुक्रबार र शनिबार हुने भेलाका लागि देशभरका उपप्रमुहरुको सम्मेलनका लागि आयोजक विराटनगर महानगरपालिकाले पत्राचार गरिसकेको जनाएको छ । सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । सम्मेलनमा देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरुको काम, कर्तव्य र जिम्मेवारीका बारेमा छलफल हुनेछ । यस्तै कानुनले […]
विराटनगर १९ जेठ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा आएको छ ।मोरङ जिल्लाको कटहरी गाउँपालिका –२ स्थित हल्दिबारीमा बीस विघा जमीनमा रु दुई अर्ब लगानीमा दुई सय शैय्याको सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयाजित पत्रकार सम्मेलनमा सर्वसाधारण जनतालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा […]
विराटनगर १९ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। कोशी प्रदेशमा यसअघि सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय थिए। प्रदेश सरकारका आन्तरिक […]
काठमाण्डौं १८ जेठ । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, […]